नागढुंगाको सुरुङ खन्न नौ सय टन विस्फोटक पदार्थ आवश्यक
बुधबार, ११ मङ्सिर २०७६, ०७ : २२
बहुचर्चित आयोजनाका रुपमा रहेका नागढुंगा सुरुङमार्ग आयोजनालाई भारी मात्रामा विस्फोटक पदार्थको आवश्यकता परेको जनाएको छ । आयोजनाको सुरुङ निर्माण प्रयोजनका लागि विस्फेटक पदार्थ आवश्यकता परेको हो ।
सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सुरुङ खन्ने प्रयोजनका लागि ९ सय टन विस्फोटक पदार्थ माग गरेको आयोजनाले जनाएको छ ।
‘ब्लास्ट एन्ड ड्रिल मेथड’ अर्थात विस्फोटन र खन्ने पद्धतिअनुसार सुरुङको कामका लागि भारी मात्रमा विस्फोटक पदार्थको माग भएको आयोजना प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए ।
यो समाचार आजको समाचारपत्रमा सुरेश तामाङले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण