अजय नभेटेको भए शाहरुखसँग विवाह गर्नुहुन्थ्यो ? प्रशंसकको प्रश्नमा काजोलले दिइन् यस्तो जवाफ
बलिउड कलाकार शाहरुख खान र काजोलको जोडी स्क्रिनमा सबैभन्दा रुचाइएको जोडीमध्ये एक हो । यी दुईले थुप्रै फिल्ममा सँगै काम गरेर धेरैको मन जित्न सफल भएका छन् । मानिसहरु यी दुईको केमेस्ट्रि हेर्न रुचाउँछन् ।
हालै काजोलले आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रशंसकसँग प्रश्नोत्तर ढाँचामा अन्तर्क्रिया गरिन् र प्रशंसकको सबै प्रश्नको जवाफ दिने बचन पनि दिइन् । उनलाई एक प्रशंसकले यदि अजय देवगनलाई नभेटेको भए के शाहरुखसँग विवाह गर्नुहुन्थ्यो भनेर सोधे । यसमा काजोलले जवाफ दिइन्, ‘के पुरुषले प्रपोज गर्नु हुँदैन ?’ काजोललाई शाहरुख खानसँग अब कहिले काम गर्नुहुन्छ भनेर प्रश्न सोधियो यसको जवाफमा उनले भनिन्, ‘यहि प्रश्न शाहरुख खानलाई सोध्नुहोस् ।’
स्मरण रहोस्, काजोलले शाहरुख खानसँग ‘दिवलाले दुल्हनिया ले जाएंगे’, ‘बाजिगर’, ‘कुछ कुछ होता हे’, ‘कभी खुसी कभी गम’, ‘माई नेम इज खान’, ‘दिलवाले’ जस्ता थुप्रै फिल्ममा काम गरेका छन् ।
कामको कुरा गर्ने हो भने काजोल ‘तानाजीः अनसंग वारियर’ मा देखिनेछिन् । यो फिल्ममा उनी आफ्ना श्रीमान् अजय देवगनसँग देखिनेछिन् । यो फिल्ममा सैफ अली खान खलनायकको भूमिकामा छन् । फिल्म २०२० को जनवरी २० मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण