नेपाल पुरुष भलिबलमा बंगलादेशसँग पराजित
बुधबार, ११ मङ्सिर २०७६, २३ : १६
काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको भलिबल खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको छ । राखेप कभर्ड हलमा बुधबार भएको समूहको पहिलो खेलमा नेपाल बंगलादेशसँग २५–२१, २३–२५, २५–१९, २५–२६, १२–१५ ले पराजित भयो ।
नेपालले अब समूह चरणको अन्तिम खेलमा भारतसँग शुक्रबार खेल्नेछ । सेमिफाइनलमा पुग्न नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्नेछ । पुरुष भलिबलमा नेपाल समूह ‘ए’ मा छ । समूहमा नेपालसँगै भारत र बंगलादेश छन् ।
समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र माल्दिभ्स रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण