मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सडक बेच्ने उल्टो साइकलयात्रीलाई १ वर्ष ६ महिना कैद सजाय

बिहीबार, १२ मङ्सिर २०७६, ०७ : ३९
बिहीबार, १२ मङ्सिर २०७६

सगरमाथा लोकमार्गको जग्गा ठगी गरी बिक्री गरेको कसुरमा जिल्ला अदालत उदयपुरले उल्टो साइकलयात्री विरेश दाहालसहित ४ जनालाई जरिवानासहित कैद सजायको फैसला गरेको छ । 
जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले उनीसहित शिवप्रसाद दाहाल, दीपेन्द्र चौधरी र वुद्धिप्रसाद दाहाललाई कैदसहित जरिवाना फैसला गरेको हो । एक वर्ष ६ महिना कैद सजाय पाएका विरेश अझै पनि फरार रहेका छन् । उनीहरुले लोकमार्गको सडक बिक्री गरेको अदालतको ठहर छ । राजधानी दैनिकमा खबर छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप