बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

यसकारण धरहरा निर्माणको काम निर्धारित समयमै सम्पन्न नहुने

बिहीबार, १२ मङ्सिर २०७६, ०७ : ५९
बिहीबार, १२ मङ्सिर २०७६

काठमाडौँ । जग्गा प्राप्तिमा भएको ढिलाइका कारण धरहरा निर्माणको काम निर्धारित समयमै सम्पन्न नहुने अवस्था देखिएको छ । 

निर्माणको जिम्मेवारी पाएको जीआईटीसी रमण जेभी कन्स्क्ट्रक्सनले २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि पूर्वयोजनाअनुसार समयमै जग्गा उपलब्ध नहुँदा निर्धारित समयमा काम सम्पन्न नहुने भएको हो । 

मन्त्रिपरिषद्को निर्णयबाट सञ्चय कोषको नाममा रहेको जग्गा पुनः निर्माण प्राधिकरणलाई उपलब्ध गराउन ढिला हुँदा काममा ढिलाइ हुने अवस्था आएको हो । 

जीआईटीसी रमण जेभी कन्स्क्ट्रक्सन र सरकारबीच धरहरा पुनः निर्माणका लागि २०७५ भदौ २५ मा ठेक्क सम्झौता भएको थियो । यो खबर आजको कारोबार दैनिकमा मनिका खतिवडाले लेखेकी छन् । 

तर, ठेक्का सम्झौता भएको १४ महिना बितिसक्दा पनि ३१ प्रतिशतमात्रै काम सम्पन्न भएकाले समयमै निर्माण सम्पन्न नहुने देखिएको हो । 

सम्झौता अनुसार ९ महिनामा करिब आधा काम भइसक्नुपर्ने थियो । जसअनुसार हालसम्म धरहरा १० तला ठड्याउनुपर्ने भएपनि भूइँतलाको काममात्र सम्पन्न भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप