यसकारण धरहरा निर्माणको काम निर्धारित समयमै सम्पन्न नहुने
काठमाडौँ । जग्गा प्राप्तिमा भएको ढिलाइका कारण धरहरा निर्माणको काम निर्धारित समयमै सम्पन्न नहुने अवस्था देखिएको छ ।
निर्माणको जिम्मेवारी पाएको जीआईटीसी रमण जेभी कन्स्क्ट्रक्सनले २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि पूर्वयोजनाअनुसार समयमै जग्गा उपलब्ध नहुँदा निर्धारित समयमा काम सम्पन्न नहुने भएको हो ।
मन्त्रिपरिषद्को निर्णयबाट सञ्चय कोषको नाममा रहेको जग्गा पुनः निर्माण प्राधिकरणलाई उपलब्ध गराउन ढिला हुँदा काममा ढिलाइ हुने अवस्था आएको हो ।
जीआईटीसी रमण जेभी कन्स्क्ट्रक्सन र सरकारबीच धरहरा पुनः निर्माणका लागि २०७५ भदौ २५ मा ठेक्क सम्झौता भएको थियो । यो खबर आजको कारोबार दैनिकमा मनिका खतिवडाले लेखेकी छन् ।
तर, ठेक्का सम्झौता भएको १४ महिना बितिसक्दा पनि ३१ प्रतिशतमात्रै काम सम्पन्न भएकाले समयमै निर्माण सम्पन्न नहुने देखिएको हो ।
सम्झौता अनुसार ९ महिनामा करिब आधा काम भइसक्नुपर्ने थियो । जसअनुसार हालसम्म धरहरा १० तला ठड्याउनुपर्ने भएपनि भूइँतलाको काममात्र सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण