'नेकपाका कार्यकर्ताले नेविसङ्घमाथि आक्रमण गर्नु निन्दनीय'
नेपाली काँग्रेसले शान्तिपूर्ण रुपमा छलफलमा भाग लिई फर्केका नेपाल विद्यार्थी सङ्घका कार्यकर्तामाथि सत्तारुढ नेकपानिकट अनेरास्ववियुका कार्यकर्ताबाट आक्रमण भएको भन्दै निन्दा गरेको छ ।
नेपाल कमर्श क्याम्पस, मीनभवनमा बुधबार क्याम्पस प्रमुखको कार्यकक्षमा नेविसङ्घ र अनेरास्ववियुको बीच छलफल सकेर बाहिर निस्कने क्रममा सो घटना भएको थियो । सो क्याम्पसका अनेरास्ववियुका अध्यक्ष बम रावलको निर्देशनमा विमल भट्टराई, दीपेन्द्र क्षेत्री, दिवस सापकोटा, प्रकाश रावललगायतका समूहले नेविसङ्घ इकाइ सभापति सरोज तिमिल्सिना, निरज शाहलगायत १० जना विद्यार्थीलाई खुकुरी प्रहार गरी घाइते बनाएको काँग्रेसद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । विद्यार्थी नेता सरोज तिमिल्सिना र निरज शाह गम्भीर घाइते भई ललितपुरस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
घटना भएको एक घण्टापछि त्यहाँ खटिएको प्रहरी टोलीले अनेरास्ववियुका विद्यार्थीलाई नै संरक्षण दिएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
काँग्रेसले आक्रमणकारीलाई कारवाही गर्न माग गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन, तस्बिरहरू
-
‘गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री बालेनले राष्ट्रकै तर्फबाट माफी माग्नुपर्छ’
-
सर्वोच्चको फैसला कार्यान्वयनमा सकस
-
सर्वोच्चले भन्यो– पूर्वन्यायाधीश र सैनिकको सम्पत्ति छानबिन गर्न बाध्य नपार्नु
-
प्रतिनिधि सभा नियमावलीविरुद्धकाे रिट सर्वाेच्च अदालतमा दर्ता
-
नगर प्रहरीलाई आक्रामक बनाउनमा बालेनकै थियो भूमिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण