मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

आइएमईको डबलको डबलको डबल बिजेता बने बिरेन्द्र खान

बिहीबार, १२ मङ्सिर २०७६, १५ : १९
बिहीबार, १२ मङ्सिर २०७६

काठमाडौं– आइएमई डबलको डबलको डबल बम्पर उपहार योजनाअन्तर्गतको बिजेता बनेका छन् खात्वी बिरेन्द्र खान । 

खानले अअफुले पठाएको रकमको आठ गुणा रकम पाएका छन् । ५९ हजार ७ सय ३२ रुपैयाँ आइएमई मार्फत मलेसियामाबाट नेपाल पठाएका खानले उक्त रकमको आठ गुणा अर्थात ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ जितेका छन् ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी आइएमईले लक्की ड्रबाट बम्पर बिजेता घोषणा गरेको हो । आइएमईका अध्यक्ष चन्द्र ढकाल  र ब्रान्ड एम्बासडर दिपकराज गिरीले कम्प्युटराईज मार्फत लक्की ड्र गरेका हुन् ।

कम्पनीले नेपालीहरुको ठुला चाड दशैं, तिहार र छठको अबसरमा यो योजना चलाएको थियो । योजना भाद्र १५ देखि कार्तिक मसान्तसम्म ७७ दिनका लागि लागू भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप