भक्तपुरको मध्यपुर थिमिमा भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिहीबार, १२ मङ्सिर २०७६, १८ : ०४
भक्तपुर । मध्यपुर थिमि नगरपालिका–५ जलाखुमा आज पानी ढुवानी गर्ने एउटा भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । बा १२ च ५६५६ नम्बरको भ्यानले ठक्कर दिँदा सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी २५ वर्षीया ज्योति मगरको मृत्यु भएको मध्यपुरथिमि प्रहरी वृत्तले बताएको छ ।
भ्यानले ठक्कर दिएपछि उपचार गर्न मध्यपुर अस्पताल लगेको र अस्पतालको डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
प्रहरीले ठक्कर दिने भ्यान र चालक सिन्धुपाल्चोक घर भई हाल भक्तपुर जिल्ला मध्यपुर थिमि नपा–७ नगदेश बस्ने २८ वर्षका बेलबहादुर तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण