दशरथ रंगशालामा ग्रान्ड रिहर्सल, तस्बिरमा हेरौं
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पूर्व सन्ध्यामा शुक्रबार दशरथ रंगशालामा उद्घाटन सत्रको तयारीका लागि ग्रान्ड रिहर्सल (बृहत पूर्वतयारी) तरिएको छ । सागको समारोह समितिले आइतबार साँझ हुने उद्घाटन सत्रको लागि पूर्वतयारी गरेको हो ।
समितिका सचिव कुलबहादुर थापाले उद्घाटनका लागि कलाकार र संस्कृतिकर्मीको तयारी स्वरुप अन्तिम रिहर्सन गरेको बताए । सागको उद्घाटन सत्रमा विशेषगरी सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र विभिन्न क्षेत्रका कलाकारले प्रस्तुति दिनेछन् ।

उद्घाटनमा संघीय नेपालको सातवटै प्रदेशको कला र संस्कृति झल्कले प्रस्तुती दिइने सचिव थापाले बताए । उद्घाटनमा १५ हजार कलाकारको सहभागिता रहने छ । उद्घाटनसत्र तीन घण्टा १४ मिनेटको हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।
मंसिर २४ गतेसम्म चल्ने सागमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानका खेलाडीको सहभागिता रहने छ । १३ औं सागमा विभिन्न २६ वटा खेल समावेश गरिएको छ । सागका खेलहरु काठमाडौं, पोखरा र जनकपुरमा हुनेछ । नेपालले तेस्रोपटक सागको आयोजना गरेको हो । यसअघि नेपालले पहिलो संस्करण सन् १९८४ र आठौं संस्करण १९९९ मा आयोजना गरेको थियो । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी




























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण