दुईवटा फिल्ममा एउटै लुगा लगाएको भन्दै ट्रोल भए अक्षय कुमार
आइतबार, १५ मङ्सिर २०७६, ११ : १८
बलिउडका नायक अक्षय कुमार एक वर्षमा सबैभन्दा धेरै फिल्ममा अभिनय गर्ने नायकको रुपमा परिचित छन् । हाउसफूल ४ पछि अब उनको फिल्म गुड न्यूज पनि चाँडै नै सिनेमाघरमा रिलिज हुने तयारीमा छ । तर उनको भूमिकाभन्दा उनको कपडाको चर्चा भइरहेको छ । वास्तवमा, गुड न्यूज र हाउसफुल ४ मा एउटै लुगा लगाएको भन्दै प्रयोगकर्ताले अक्षयलाई ट्रोल गरेका छन् ।
अक्षयको फ्यान पेजमा एक प्रयोगकर्ताले हाउसफूल ४ र गुड न्यूजबाट अक्षयका तस्बिर सेयर गरेका छन् । यसमा अक्षय एउटै कपडा र एउटै हेयरस्टाइलमा देखिएका छन् । ती दुई फोटोमध्ये एउटा अक्षयको आउँदो फिल्म गुड न्यूजको हो भने अर्को फोटो हाउसफूल ४ को हो । यो क्लोज रिपिटेशनका लागि प्रयोगकर्ताले अक्षयको मुभी बजेटको मजाक उडाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण