फिल्मी करियर समाप्त हुन लागेको खबरमाथि पोखियो विवेक ओबरोयको पीडा, भने यस्तो
बलिउडमा आफ्नो करियर समाप्त हुनलागेको खबरमाथि अभिनेता विवेक ओबरोयले प्रतिक्रिया दिएका छन् । उनको जीवन र करियरको विषयमा विभिन्न कुराहरु लेखिएको तर उनी स्वभावले एक योद्धा भएको हुँदा आफूलाई यस्ता कुराबाट पार पाउन विभिन्न तरिका आउने उनले बताए ।
विवेक ओबरोयले समाचार एजेन्सी पिटिआई–भाषासँग यसबारे कुरा गर्दै भने, ‘म सायद संसारको पहिलो यस्तो व्यक्ति हुँ जोसँग उसको करियर समाप्त भएको विषयमा लेखिएको सबैभन्दा धेरै खबरको विश्व रेकर्ड छ । ‘उनको काम सिद्धिसकेको छ’, ‘अब उनी चल्दैनन्’, ‘त्यसपछि अब उनको करियर समाप्त’ । म यस्ता कुरामा हाँस्छु किनभने मलाई यस्ता कुराबाट पार पाउन आउँछ ।’
नायक विवेक ओबरोयले भने, ‘मैले अत्यधिक बेरोजगारी र अचम्मका कुराहरुको सामना गर्नुपरेको छ । सायद एकदिन म यसमाथि बायोग्राफी पनि लेख्नेछु ।’
विवेकको बलिउडमा १५ वषै लामो करियर छ तर अहिलेसम्म उनले खासै ठूलो उपलब्धि हाँसिल गर्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण