तेह्रौँ साग: पुरुष भलिबलको कास्य श्रीलङ्कालाई
सोमबार, १६ मङ्सिर २०७६, १८ : ४१
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष भलिबलको कास्य पदक श्रीलङ्काले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्ड हलमा तेस्रो स्थानका आगि आज भएको खेलमा श्रीलङ्काले बङ्गलादेशलाई ३–१ ले पराजित गरेको हो ।
बङ्गलादेशले पहिलो सेट २५–२३ अङ्कले जितेको थियो । त्यसपछि भने श्रीलङ्काले लगातार तीन सेट जित्दै खेल आफ्नो पक्षमा पा¥यो । श्रीलङ्काले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१६ तथा चौथो सेट २५–२१ अङ्कले जितेको हो । पुरुष भलिबलको स्वर्ण पदकका लागि मङ्गलबार भारत र पाकिस्तान भिड्ने छन् ।
यस्तै महिला भलिबलतर्फ कास्य पदकका लागि अहिले बङ्गलादेश र माल्दिभ्सबीच खेल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण