नेपाल वायुसेवा निगमले जापानको नारितामा पायो ग्राउन्ड ह्यान्डलिङ सेवा
मङ्गलबार, १७ मङ्सिर २०७६, ०७ : ५५
नेपाल वयाुसेवा निगमले जापानको नारितामा उडान गर्न भूमिस्थ सेवा, इन्धन सेवा र स्लट (ग्राउन्ड ह्यान्डलिङ, फ्ल्युल र स्लट) को सहमति गरेको छ । यो सहमतिसँगै निगम सन् २०२० को जनवरीदेखि जापानको नारितामा उडान शुरु गर्ने तयारीमा छ ।
निगमले गत भदौ १२ गतेदेखि जापानकै ओशाकामा सातामा दुईवटा उडान गरिरहेको छ । ग्राउन्ड ह्यान्डलिङ सेवा नपाउँदा निमगको नारितामा विमान सेवा सञ्चालन गर्ने योजना अनिश्चित बनेको थियो ।
निगमले अहिले जापान सिभिल एभिएशन ब्युरोअन्तर्गतकै ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरेको छ । यो समाचार आजको आर्थिक अभियानमा टीपी भुसालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण