‘चपली हाइट ३’ मा अर्पण भिलेन
काठमाडौं । भर्सटायल अभिनेता अर्पण थापा यस अगाडिका केही फिल्ममा भिलेनको रुपमा समेत देखिएका थिए । छायाँकनरत फिल्म ‘चपली हाइट ३’मा पनि उनको भिलेन अवतार रहने भएको छ ।
केही दिन पहिले निर्माण युनिटसँग जोडीएका अपर्णको फिल्म अवतारको एक तस्बिर सार्वजनिक भएको छ । निर्माण युनिटले सोमबार सार्वजनिक गरेको तस्बिरमा अपर्ण अहिलेसम्मकै फरक अवतारमा देखिएका छन् ।
आँखामा गोलो आकारको चश्मा, मुखको बाहिरी भागमा सर्जरी गरेको खाटा देख्न सकिन्छ ।तस्बिर हेर्दा फिल्म भित्र उनको भिलेन चरित्र रहेको अनुमान गर्न सकिन्छ ।
निकेश खड्काको निर्देशक रहेको फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायतको मुख्य भुमिका रहनेछ ।
आउँदो चैत २८ गते रिलिज मिति तोकिएको फिल्मको कथामा सस्पेन्स र थ्रिलर बिषय उठाइएको निर्माता अर्जुन ुकमारल जानकारी दिए ।
‘चपली हाइट’को अघिल्ला दुई श्रृंखला दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए । यसको पहिलो पार्टमा अभिनेत्री विनिता बरालले दिएको बोल्ड दृश्यका कारण फिल्म हिट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण