बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति

बुधबार, ३१ असार २०८३, ०२ : ०६
बुधबार, ३१ असार २०८३

सारांश

  • स्पेनले फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा फ्रान्सविरुद्ध आफ्नो अग्रता २-० ले बलियो बनाएको छ ।
  • खेलको दोस्रो हाफमा स्पेनका डिफेन्डर पेड्रो पोरोले गोल गरे ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को जारी पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सविरुद्ध आफ्नो पकड अझ बलियो बनाएको छ । खेलको दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन जारी राख्दै स्पेनका डिफेन्डर पेड्रो पोरोले गोल गरेपछि स्पेनले फ्रान्सविरुद्ध २–० को सुविधाजनक अग्रता लिएको हो।

खेलको ५८ औँ मिनेटमा स्पेनका पेड्रो पोरोले उत्कृष्ट गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । यस गोलले फ्रान्सेली टोलीलाई ठुलो धक्का दिएको छ भने स्पेनिस टोलीलाई फाइनल यात्रा नजिक पुर्‍याएको छ ।

यसअघि खेलको २२ औँ मिनेटमा मिकेल ओयारजाबालको पेनाल्टी गोलबाट स्पेनले सुरुवाती अग्रता लिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप