तेह्रौ सागः फुटबलमा नेपाल विजयी
मङ्गलबार, १७ मङ्सिर २०७६, १७ : ४५
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल पहिलो खेलमा विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भूटानलाई ४–० गोलले हराउँदै सुखद शुरुआत गरेको छ । नेपालका लागि कप्तान सुजल श्रेष्ठले दुई तथा अभिषेक रिजाल र मिक्छेन तामाङले एक–एक गोल गरे । नेपालले मध्यान्तरअघि एक तथा मध्यान्तरपछि तीन गोल गरेको थियो ।
खेलको पाँचौँ मिनेटमा कप्तान सुजलले पहिलो गोल गरेका थिए । खेलको ५१औँ मिनेटमा सुजलले व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि नेपालका लागि ६६औँ मिनेटमा अभिषेकले तेस्रो तथा खेलको ७८औँ मिनेटमा मिक्छेनले चौथो गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा जारी, हायर पर्चेज कर्जाको जोखिम भार घट्यो
-
रणनीति बनाउन सिंहदरबार र बानेश्वरमा सत्ता र प्रतिपक्षको छलफल
-
तयारीका लागि कांग्रेसले माग्यो सभामुखसँग समय
-
तीन जिल्लाका सीडीओ फेरिए, बाँकेमा खगेन्द्र रिजाल
-
सहकारी प्रकरण : यी हुन् छानबिन समिति बनाउनबारे सत्ता र प्रतिपक्षले नमानेको सहमतिका 'ड्राफ्ट'
-
आईपीएलमा आज : लखनउसँग बदला लिने धुनमा मुम्बई