सीमाबारे छलफल गर्न चिनियाँ विदेशमन्त्री भारत आउने तयारी
एजेन्सी । चीनका विदेश मन्त्री वाङ यीले यही डिसेम्बर महिनामा भारतको भ्रमण गर्ने तयारी भएको छ । दुई पक्षका बीचमा भ्रमणबारे आन्तरिक रुपमा तयारीहरु भइरहेकाले उनको भ्रमण यही महिनाको अन्त्य तिर हुने सम्भावना रहेको अधिकारीहरुले जनाएका छन् ।
स्रोतले दिएको जानकारीअनुसार दुई देशको सिमानाका विषयमा छलफल गर्न उहाँ भारत आउन लाग्नु भएको हो । चिनियाँ विदेश मन्त्री वाङले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग पनि भ्रमणका क्रममा भेटवार्ता गर्नुहुने जनाइएको छ ।
सन् २०१७ मा डोक्लामको विषयलाई लिएर भारत र चीनबीच विवाद बढेको थियो । यसले नयाँ दिल्ली र बेइजिङबीचको सम्बन्धमा चिसोपना बढाएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङका बीचमा गत अक्टोबरमा महाबलिपुरममा भएको अनौपचारिक भेटवार्तापछि अहिले सबैभन्दा उच्चस्तरको चिनियाँ भ्रमण हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण