अमेरिकालाई उत्तर कोरियाले चेतावनी दिँदै भन्यो, ‘क्रिसमस उपहार’का लागि तयार रहनु
एजेन्सी । उत्तर कोरियाले अमेरिकालाई ‘क्रिसमस उपहार’ दिने चेतावनी दिएको छ । कोरियाली अधिकारीका अनुसार ‘उपहार’ के हुने भन्ने कुराको निर्धारण वासिङ्टन र प्योङयाङबीच जारी वार्ताले गर्नेछ ।
उत्तर कोरियाले यस अघि एकतर्फी रुपमा यही वर्षको अन्त्यसम्ममा आणविक वार्ता निष्कर्षमा पु-याइसक्नुपर्ने समयसीमा तोकेको थियो ।
त्यो समयसीमा सकिनलाग्दा आएको उत्तर कोरियाको टिप्पणीलाई धेरैले सकारात्मक रुपमा लिएका छैनन् ।
दुई चरणको शिखर वार्ता सम्पन्न भएपछि पछिल्लो केही समयदेखि दुई पक्षबीच चिसो पसेको छ ।
केही विज्ञले उत्तर कोरियाको पछिल्लो चेतावनीलाई उसको लामो दुरीको मिसाइल परिक्षण पुनः सुचारु गर्ने संकेतका रुपमा लिएका छन् ।
उत्तर कोरियाको विदेश मन्त्रालयकी प्रथम उप–मन्त्री री थाई सङले देशको सरकारी समाचार एजेन्सीसँग कुराकानी गर्ने क्रममा अमेरिकाको नीति निर्माताहरुले आफ्नो राजनीतिक लाभको लागि मात्र किम जोङ उनसँगको वार्ता अघि बढाएको आरोप लगाए ।
‘अमेरिकाले अघि सारेको छलफल खासमा उत्तर कोरियालाई वार्तामा अल्झाइरहने र त्यस वापत अमेरिकाको चुनावमा फाइदा लिनेभन्दा बढी केही देखिदैन ,’ री थाई सङले भने ।
‘कस्तो ‘क्रिसमसको उपहार’ लिने भन्ने कुरा अमेरिकाको हातमा छ ,’ रीले भने ।
उत्तर कोरियाले आफ्नो पहिलो अन्तरमहादेशीय ब्यालेष्टिक मिसाइल(आईसीबीएम)को सफल परिक्षणलाई पनि ‘अमेरिकाको लागि उपहार’को संज्ञा दिएको थियो । उक्त प्रक्षेपणपछि दुई पक्षबीच महिनौं लामो तनावपूर्ण गतिरोध शुरु भएको थियो ।
हुनत उत्तर कोरियाले सन् २००६ मा पहिलो आणविक उपकरण विस्फोट गराएको थियो, तर सन् २०१७ मा उसले अमेरिकी मुलभूमिसम्म नै पुग्नसक्ने सम्भावना भएको मिसाइल परिक्षण सफलतापूर्वक परीक्षण ग-यो ।
त्यसपछि दशकौं लामो तनावपूर्ण अवस्थालाई तत्कालै शान्तिपूर्ण निष्कर्षमा पु-याउनु पर्ने दवाव सिर्जना भएको थियो । प्रतिक्रियामा दुई देशका शीर्ष नेतृत्व बीचनै वार्ता सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण