तेक्वान्दोमा नेपाललाई १२ औँ स्वर्ण, भारतका अक्षयलाई हराए भूपेनले
बिहीबार, १९ मङ्सिर २०७६, १८ : ५४
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष तेक्वान्दोमा नेपालका भूपेन श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेका छन् । उनले फाइटतर्फ ८७ किलोमुनिको तौल समूहमा आज स्वर्ण पदक जितेका हुन् ।
ललितपुरको सातदोबाटोमा भएको स्पर्धामा भूपेनले भारतका अक्षय होडालाई २९–२६ अङ्कले पराजित गरेका हुन् । उक्त प्रतिस्पर्धामा बङ्गलादेशका रसेल खान र श्रीलङ्काका चर्मा थरिन्दुले कास्य पदक प्राप्त गरे ।
तेह्रौँ सागमा नेपालले हालसम्म तेक्वान्दोतर्फ १२ स्वर्ण पदक ल्याइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण