सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

तेक्वान्दोमा नेपाललाई १२ औँ स्वर्ण, भारतका अक्षयलाई हराए भूपेनले

बिहीबार, १९ मङ्सिर २०७६, १८ : ५४
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष तेक्वान्दोमा नेपालका भूपेन श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेका छन् । उनले फाइटतर्फ ८७ किलोमुनिको तौल समूहमा आज स्वर्ण पदक जितेका हुन् ।
 
ललितपुरको सातदोबाटोमा भएको स्पर्धामा भूपेनले भारतका अक्षय होडालाई २९–२६ अङ्कले पराजित गरेका हुन् । उक्त प्रतिस्पर्धामा बङ्गलादेशका रसेल खान र श्रीलङ्काका चर्मा थरिन्दुले कास्य पदक प्राप्त गरे । 

तेह्रौँ सागमा नेपालले हालसम्म तेक्वान्दोतर्फ १२ स्वर्ण पदक ल्याइसकेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप