गल्फमा नेपाललाई ऐतिहासिक दुई स्वर्ण
शुक्रबार, २० मङ्सिर २०७६, १४ : ०४
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष व्यक्तिगत गल्फतर्फ नेपालका सुवास तामाङले स्वर्ण पदक जितेका छन् । गोकर्ण गल्फ कोर्समा शुक्रबार बंगलादेशका खेलाडीलाई पराजित गर्दा सुवास तामाङले नेपालाई स्वर्ण पदक दिलाएका हुन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो ।
सुवासले कुल १४ अन्डर २ सय ७४ स्कोर कार्ड बनाए भने बंगलादेशका मोहम्मद फरहादले ६ अन्डर २ सय ८२ मा सिमित रहे । सुवास व्यक्तिगतसँगै टिम इभेन्टतर्फ पनि स्वर्ण पदकमाथि कब्जा जमाउन सफल भए । टिम इभेन्टमा नेपालबाट सुवाससहित शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण