बैंक मर्जरबारे के भन्छन् उद्योगी व्यवसायी ? (भिडियोसहित)
काठमाडौं । उद्योगी व्यवसायीहरुले बैंकहरुको सफ्टवयेर तथा सर्भर ह्याकिङ हुने, स्वीफ्टबाट पैसा गायब हुने र चेक तथा एटिएमबाट रकम निकाल्ने घटनाहरु बढ्नुले बैंकप्रतिको विश्वास घटेको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जर पछिको एकिकृत कारोबारको शुभारम्भका अवसरमा यस्तो बताएका हुन् । उनले बैंकहरुले आफ्नो प्रविधिमा लगानी नबढाउँदा यस्तो अवस्था आएको बताए ।
अध्यक्ष श्रेष्ठले बैंक मर्जरमा जानु अर्थतन्त्रका लागि राम्रो भनिएपनि उद्योगीहरुले ब्याजदर घटेको अनुभव गर्न नपाएको समेत बताए । उनले बैंकहरुको ब्याजदर पटक पटक परिवर्तन हुने नियमले उद्योग व्यवसायको विस्तारका लागि कर्जा लिन नसक्ने अवस्था रहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंक मर्ज भएपछि क्षमता बढ्ने, बैंकको खर्च घटने तर उद्योगी व्यवसायीहरुले ब्याजदर घटेको अनुभव गर्न नपाएको बताए । त्यस्तै सरकारले दिने सहुलियत दरको कर्जाको जानकारी गाउँगाउँमा नहुनुले बैंकहरु औद्योगिक विकासमा गम्भीर नभएको गुनासो गरे । उनले कर्जा लिँदा सेवा शुल्क बढी तिर्नुपर्ने र पटकपटक कागजात बुझाउनु पर्ने व्यवस्थाले लागत बढेको बताए ।
उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको एउटा हिस्सा नै बैंकको सेवा तथा ब्याजदरबाट प्रभावित हुँदा औद्योगिक विकास सम्भव नभएको बताए । त्यसका लागि सरकार र राष्ट्र बैंकलाई गम्भिर हुन उनीहरुको आग्रह थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन