सागमा आज १५ खेल हुँदै
आइतबार, २२ मङ्सिर २०७६, ०८ : १९
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौैँ दिन आज आइतबार विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्ती खेलमा प्रतिस्पर्धा हुनेछ । महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुँदैछ । जनकपुरमा कुस्ती र बाँकी खेल काठमाडौँमा हुनेछ ।
मुख्य आकर्षणको रुपमा रहेको नेपाल र बङ्गलादेशबीको पुरुष फुटबल साँझ ५ः०० बजे दशरथ रंगशालामा हुँदैछ । फाइनलमा पुग्न नेपाललाई बङ्गलादेशलाई कम्तिमा बराबरीमा रोक्नुपर्ने चुनौती छ । सातौँ दिनसम्म नेपाल ४३ स्वर्णसहित पदक तालिकाको दोस्रो स्थानमा छ । भारत एक सय १९ स्वर्णसहित शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण