एकता टुङ्ग्याउन प्रचण्डको गृहकार्य : खुमलटारमा छुट्टाछुट्टै छलफल
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी गृहकार्य थालेका छन् ।
त्यसका लागि अध्यक्ष प्रचण्डले सोमबार सचिवालयको बैठक बोलाएका छन् । बैठकअघि आइतबार बिहान प्रचण्डले मुख्य नेताहरुसँग परामर्श गरेका छन् ।
प्रचण्डले नेताहरु माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल लगायतका नेताहरुसँग छुट्टाछुट्टै भेटेर एकताका बाँकी कामबारे छलफल गरेका हुन् ।
आइतबार प्रचण्डसँग छलफल गर्न बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेल प्रचण्डनिवास खुमलटार पुगेका थिए ।
तर उनीहरुले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएलगत्तै अध्यक्ष प्रचण्डले पार्टी एकताका बाँकी काम चाँडै टुङग्याउने बताउदै आएका थिए ।
गत मंसिर ५ गतेयता कार्यकारी अध्यक्ष बनेपछि प्रचण्डले सचिवालयको बैठक दुई पटक बोलाइसकेका छन् ।
सोमबारको सचिवालय बैठकमार्फत प्रचण्डले एकताका बाँकी काम टुङग्याउने र स्थायी समिति बैठक, केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण