पाल्पामा टिप्पर दुर्घटना, सहचालकको मृत्यु
आइतबार, २२ मङ्सिर २०७६, १६ : ३१
बुटवल । पाल्पाको निस्दी गाउँपालिका ३ धार्केसिङ्गमा टिपर दुर्घटना हुँदा सहचालकको घटानास्थलमै ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार नवलपरासीको अरुणखोलाबाट इँटा लोड गरी निस्दीको काउले वनतर्फ आउदै गरेको प्रदेश न.३०–१–००–३ क ४४५६ न. को टिपर दुर्घटना भएको हो ।
दुर्घटनामा सहचालक जाजरकोट साविक खालारहिका गाविस ८ का २३ वर्षका टेकबहादुर बुढा मगरको ज्यान गएको हो । टिपर चालक सुर्खेत शिवालय गाउँपालिका का ३८ वर्षका दिलबहादुर थापा गम्भीर छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । स्टेरिङ फेल भएर सो दुर्घटना भएको हो । टिपर सडकदेखि १ सय २० मिटर तल खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण