काठमाडौं-तराई फास्ट ट्रयाक निर्माणको काम २०८१ मा सकिने
सोमबार, २३ मङ्सिर २०७६, १४ : ०४
काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई फास्ट ट्रयाक निर्माणको काम २०८१ साल सम्ममा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । नेपाली सेनाले एक कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी दिएको हो । नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले २०८१ वैशाखसम्म दुर्तमार्ग निर्माण सकिने जानकारी दिए ।
सेनाले दिएको जानकारीअनुसार दुर्तमार्गको ३ ठाउँमा सुरुङमार्ग हुनेछ । जसअनुसार महादेवडाँडामा ३.३३५ किमी, धेद्रेमा १.६३० किमी र लैनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ हुनेछ ।
कार्यक्रममा सेनाले नेपाल संयुक्त राष्ट्रसंघको सबैभन्दा पुरानो, विश्वासिलो र सबैभन्दा ठूलो शान्ति सेनाको साझेदार भएको जानकारी दिइँदै नेपाली सेनाले १२ वटा विभिन्न शान्ति मिसनहरुमा हालसम्म ५ हजार ९५ वटा फौज खटाइसकिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् बैठक अघि विपक्षी दलहरू छलफलमा
-
आईपीएलमा आज : हैदराबादको वर्चश्व तोड्ला पञ्जाबले ?
-
'जनयुद्धका चिठी' पुस्तक सार्वजनिक
-
युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो : उपराष्ट्रपति यादव
-
गैरआवासीय नेपाली नागरिकताको थप कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
नयाँ इतिहास लेख्दै लेभरकुजन, अपराजित भएर लिग जित्ने पहिलो टोली बन्यो