काठमाडौं-तराई फास्ट ट्रयाक निर्माणको काम २०८१ मा सकिने
सोमबार, २३ मङ्सिर २०७६, १४ : ०४
काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई फास्ट ट्रयाक निर्माणको काम २०८१ साल सम्ममा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । नेपाली सेनाले एक कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी दिएको हो । नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले २०८१ वैशाखसम्म दुर्तमार्ग निर्माण सकिने जानकारी दिए ।
सेनाले दिएको जानकारीअनुसार दुर्तमार्गको ३ ठाउँमा सुरुङमार्ग हुनेछ । जसअनुसार महादेवडाँडामा ३.३३५ किमी, धेद्रेमा १.६३० किमी र लैनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ हुनेछ ।
कार्यक्रममा सेनाले नेपाल संयुक्त राष्ट्रसंघको सबैभन्दा पुरानो, विश्वासिलो र सबैभन्दा ठूलो शान्ति सेनाको साझेदार भएको जानकारी दिइँदै नेपाली सेनाले १२ वटा विभिन्न शान्ति मिसनहरुमा हालसम्म ५ हजार ९५ वटा फौज खटाइसकिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण