कारबाहीमा दुई दर्जन बढी तालिबानी लडाकू मारिए
सोमबार, २३ मङ्सिर २०७६, १७ : ४५
एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको प्रान्तीय राजधानी मैदान सारमा तालिबानी लडाकू विरुद्ध सुरक्षाबलले गरेको कारबाहीको क्रममा कम्तीमा २५ लडाकू मारिएका अफगान गृह मन्त्रालयमा प्रवक्ता नसरत रहिमीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।
उपगृहमन्त्री जनरल खोशाल सदातले गर्नु भएको निरीक्षणको क्रममा विद्रोहीहरुको मुख्य अखाडा पनि ध्वस्त भएको बताउनु भएको रहिमीले जानकारी दिए । सो क्षेत्रमा सशस्त्र विद्रोहीहरू रहेसम्म त्यो कारबाही जारी रहनेछ । कारबाहीको क्रममा सुरक्षाकर्मीहरु हताहत भए नभएको भने प्रवक्ताले प्रष्ट गरेका छैनन् ।
काबुलबाट ३५ किलोमिटर पश्चिममा पर्ने वार्दाक प्रान्तको प्रान्तीय राजधानी मैदान सारमा सक्रिय रुहेका तालिबानी आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण