न्यूजिल्याण्डको ज्वालामुखीले लियो पाँचजनाको ज्यान, ३४ बाँच्न सफल
न्यूजिल्याण्ड पुलिसले ज्वालामुखीका कारण पाँच जनाको ज्यान गएको र आफ्ना आठ जना नागरिक हराइरहेको पुष्टि गरेको छ ।
सोमबार ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोटमा ३४ जना बाँच्न सफल भएका छन् जसमध्ये ३१ को अस्पतालमा उपचार भइरहेको छ ।
उपचार गराइरहेकामध्ये दुई बेलायती नागरिक भएको न्यूजिल्याण्डका लागि बेलायती उच्च आयुक्त लाउरा क्लार्कले बताइन् ।
अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले मृतक पाँचजनामध्ये तीनजना अष्ट्रेलियाली नागरिक हुनसक्ने आशंका गरेका छन् ।
मोरिसनका अनुसार ज्वालामुखी बिस्फोट हुँदा २४ अष्ट्रेलियाली नागरिक क्रुज सिपमा सवार हुँदै टापुको अवलोकन गरिरहेका थिए । तीमध्ये १३ जनाको अस्पतालमा उपचार भइरहेको छ भने ११ जनाको अवस्था अज्ञात छ ।
‘यो हाम्रो लागि भयानक त्रासदी हो,’ मोरिसनले सिड्नीका पत्रकारलाई भने ।
हराइरहेका मध्ये अमेरिकी, चिनियाँ, मेलिसियाली र न्यूजिल्याण्डका नागरिक पनि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण