पार्टीबारे जथाभावी बोल्ने नेतालाई समाजवादी पार्टीले कारवाही गर्ने
काठमाडौं । समाजवादी पार्टीले पार्टी हितविपरित जथाभावी बोल्ने आफ्ना नेता तथा कार्यकर्तालाई कारवाही गर्ने भएको छ ।
आज बस्ने केन्द्रीय पदाधिकारीको बैठकमा त्यस विषयमा छलफल गरि निर्णय लिइने प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।
बैठकले पार्टी एकतामा आँच पुग्ने हिसाबले गलत सन्देश जाने गरी पार्टीको जिम्मेवार पदमा बसेर भित्र वा बाहिर कोही बाेलेमा उसलाई अनुशासनको कारवाही गर्ने विषयमा निर्णय गर्ने उनले बताए ।
विगत केही दिनयता केही मिडियामा नेताको उद्धरण सहित पार्टी एकतामा असर पुग्ने गरी समाचार आएका छन् । त्यस विषयमा अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईबीच गम्भीर छलफल भएको उनले बताए ।
कतिपय नेतालाई अध्यक्ष यादवले फोन गरेर सचेत पनि गराइसकेका छन् ।
दुई अध्यक्षबीच आगामी दिनमा पार्टी एकतामा आँच आउने कार्य पार्टी भित्रकै जिम्मेवार नेताबाटै हुन्छ भने त्यसलाई गम्भीर रुपमा लिएर आवश्यक अनुशासनको कार्बाही प्रक्रिया अगाडि बढाउने सहमति भएको उपप्रमुख पाण्डेले बताए ।
आज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय पदाधिकारीको बैठक बालकुमारीमा बस्दैछ । बैठकमा संगठन विस्तार तथा सुदृढीकरण अभियान, केन्द्रीय नेताहरुको कार्यविभाजनका बारेमा पनि छलफल हुनेछ । साथै, पछिल्लो राजनीतिक स्थितिको समीक्षा र आगामी कार्ययोजनाबारे समेत बैठकमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण