फेरि बढ्यो सुनको मूल्य
बिहीबार, २६ मङ्सिर २०७६, १६ : ४४
काठमाडौं । एक सातादेखि आरोलो लाग्दै आएको सुनचाँदीको मूल्य आज वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनमा प्रतितोला रु ४०० र चाँदीमा प्रतितोला रु १० वृद्धि भएको छ ।
महासङ्घले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु ७१ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ९०० तोकेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला रु ८४० निर्धारण गरिएको छ ।
अघिल्लो बुधबारदेखि लगातार ओरालो लाग्दै आएको सुनचाँदीको मूल्य बुधबार भने स्थिर रहेको थियो । बुधबार छापावाला सुन प्रतितोला रु ७० हजार ८००, तेजाबी सुन प्रतितोला रु ७० हजार ५०० र चाँदी प्रतितोला रु ८३० मा खरीद बिक्री भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण