चाक्सीबारीमा रहेका पौडेललाई देउवाको फोन
काठमाडौं । काँग्रेसको संस्थापन इतर समूहले १४औं महाधिवेशनको कार्यतालिकालाई बटमलाइन बनाएको छ । शुक्रबार (आज) अपराह्न पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेलाले महाधिवेशनको कार्यतालिकालाई बटमलाइन बनाएको हो ।
भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, डा. शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, दिलेन्द्र बडू र हृदयराम थानीलगायतका नेताहरुको सहभागिता रहेको थियो ।
उक्त भेलाले १४औं महाधिवेशनको कार्यतालिकालाई बटमलाइन बनाइएको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । यद्यपि बैठककै बीचमा सभापति शेरबहादुर देउवाले पौडललाई फोन गरेपछि उक्त भेलाले ठोस रणनीति भने तय गर्न सकेन ।
ती नेताका अनुसार देउवाले शनिबार पौडेल निवासमै पुगेर उनीसँग भेटवार्ता गर्ने भएका छन् । ती नेताका अनुसार पौडेलसँगको भेटमा देउवाले महाधिवेशनको कार्यतालिकालाई छलफलको एजेण्डा बनाए इतर पक्ष आगामी बैठकमा सहभागी हुनेछ ।
विहीबारको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेर मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने संस्थापन पक्षको अडानपछि इतर पक्षले बैठक बहिस्कार गरेको थियो ।
पौडेल पक्षको बहिस्कारका बिच देउवा पक्षले केन्द्रीय समिति बैठकमा छलफलका लागि ९ वडा एजेण्डा प्रस्तुत गरेको छ । उक्त एजेण्डामाथि छलफल गर्न मंसिर २९ गतेलाई केन्द्रीय समिति बैठक बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
