लोकसेवा आयोगको परीक्षामा २२ नक्कली परीक्षार्थी पक्राउ
शनिबार, २८ मङ्सिर २०७६, २२ : ५३
सुर्खेत । लोक सेवा आयोगद्वारा वीरेन्द्रनगरमा सञ्चालित नेपाल प्रहरीको लिखित परीक्षामा सहभागी २२ नक्कली परीक्षार्थी रहेको खुलेको छ । विभिन्न परीक्षा केन्द्रमा आज प्रवेशपत्र जाँचका क्रममा फेला परेका ती परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले नक्कली परीक्षार्थीमाथि अनुसन्धान शुरु गरिएको जानकारी दिए । श्रीकृष्ण संस्कृत तथा साधारण मावि केन्द्रबाट १८, इगरब्रिज माविबाट दुई र सुर्खेत क्याम्पस (शिक्षा) बाट दुई गरी २२ नक्कली परीक्षार्थी पक्राउ गरिएको उनले जानकारी दिए । ‘केहीले आफन्तलाई सहयोग र केहीले पैसा लिएर परीक्षामा सहभागी भएको पाइएको छ, यस सम्बन्धमा विस्तृत अनुसन्धान गर्दैछौँ,’ प्रहरी उपरीक्षक पन्तले भने । जवान पदको लिखित परीक्षामा तीन हजार ३०० परीक्षार्थी सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण