दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प
मनिला । फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यही क्षेत्रमा गत अक्टोबरमा पनि यहाँ शृंखलाबद्ध रुपमा भूकम्प गएका थिए ।
फिलिपिन्स भूकम्प अध्ययन इन्स्टिच्यूटले भूकम्पको धक्का निकै शक्तिशाली महसुस भएको जनाएको छ । भूकम्पबाट आत्तिएका मानिसहरु घरघरबाट आत्तिएर बाहिर सडक र खुला स्थानमा निस्किएका प्रत्यक्षदर्शीले बताएका छन् ।
अमेरिकी भौगर्भिक सर्भेले सुनामीको खतरा भने नरहेको जनाएको छ । प्रारम्भिक अध्ययनमा उक्त भूकम्प ६.९ म्याग्नीच्यूडको मापन गरिएको थियो । गत अक्टोबरमा मिन्डानाओलाई नै केन्द्रविन्दु बनाएर ६ म्याग्नीच्यूडभन्दा ठूला तीनवटा भूकम्प गएका थिए ।
उक्त भूकम्पबाट केही दर्जन मानिसको मृत्यु हुनुका साथै भवनहरुमा क्षति पुगेको थियो । यो क्षेत्र भूकम्पीय जोखिममा रहेको छ, र बारम्बार भूकम्प जाने गर्दछ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण