तस्विरमा हेर्नुहोस् काठमाडौं महानगरका विजेताहरु भव्य सपथग्रहण समारोह (फोटोफिचर)
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयरसहितका सबै स्थानीय जनप्रतिनिधिले बुधबार सपथ ग्रहण गरेका छन् ।
काठमाडौंको प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले काठमाडांै महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यसहित नवनिर्वाचित १ सय ५९ जना जनप्रतिनिधिहरुलाई सामूहिक सपथ ग्रहण गराएका ुहन् । सपथग्रहण समारोहलाई सम्बोधन गर्दै नवनिर्वाचित मेयर शाक्यले सबैसँग सहकार्य गरेर जनताको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले चुनावी घोषणा पत्रमा उल्लेख गरिएको प्रतिवद्धता अनुसार अघि बढने पनि स्पष्ट पारे । नवनिर्वाचित मेयर शाक्यले काठमाडौंलाई पाँच वर्ष भित्र हराभरा, स्वच्छ र सुन्दर महानगर बनाउने प्रतिवद्धता चुनावी घोषणा पत्रमा उल्लेख गरेका थिए ।
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले महानगरपालिकालाई समृद्ध र आधुनिक सहर बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले फोहोर व्यवस्थापन, प्रदुषण नियन्त्रण, ट्राफिक व्यवस्थापनको काममा पनि विशेष जोड दिने उल्लेख गरे ।
सपथ ग्रहण समारोहमा स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारहरु विवेकशील नेपालकी रञ्जु दर्शना, नयाँ शक्ति पार्टी, नेपालका पवित्र बज्राचार्य लगायतको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीले कृषि विकासका लागि २ अर्ब बजेट छुट्ट्यायो
-
प्रधानमन्त्री देशको भन्दा छिमेकीको पक्षमा उभिए : शंकर पोखरेल
-
बागमती प्रदेशले ६ अर्ब ५१ करोड रुपैयाँ वित्तिय हस्तान्तरण गर्ने
-
‘करको दर हेरफेर गर्ने अर्थमन्त्री वाग्लेले तत्काल राजीनामा दिनुपर्छ’
-
बागमती सरकारले विपन्न परिवारलाई आवास उपलब्ध गराउने
-
सुरु भयो कर्णालीको बजेट भाषण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण