मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती प्रदेशसभा बैठक सुरु

सोमबार, ०१ असार २०८३, १६ : ३९
सोमबार, ०१ असार २०८३

मकवानपुर । बागमती प्रदेशसभा बैठक सुरु भएको छ । सोमबार अपराहन्न ४ बजे बोलाइए पनि केही समय ढिलाे गरी सुरु भएको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सरकारको आगमाी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चालु वर्षकै हाराहारिमा (६६ अर्ब)को बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६७ अर्व ४७ करोड रुपैयाँ बजेट प्रस्तुत गरेको थियो । सरकारे चालु आर्थिक वर्षको कुल बजेटमा ७४ प्रतिशत बजेट खर्च हुने अनुमान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप