मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु
सिरहाको लहान–ठाडी सडकअन्तर्गत लहान नगरपालिका–२३ स्थित सडकमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स.३प. ५३१९ र विपरीत दिशाबाट जाँदै गरेको स.६प. २६७६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा स.३प ५३१९ नंको मोटरसाइकलका चालक लहान नगरपालिका–५ निवासी ४० वर्षीय सबिर अहमद नवाफको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते नवाफलाई उपचारका लागि लहान अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मृतकको शव लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ । सोही दुर्घटनामा परी लहान नगरपालिका–२४ गोविन्दपुर निवासी २१ वर्षीय राहुल भण्डारी र स.६प. २६७६ नंको मोटरसाइकल चालक लहान–२३ बथनाहा निवासी १८ वर्षीय रामशङ्कर यादव घाइते भएका छन् ।
घाइते दुवैलाई थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण