हिमालयन शेर्पालाई यति एयरलाइन्सको साथ
काठमाडौं । ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पालाई यति एयरलाइन्सले प्रायोजन सहयोग गरेको छ । क्लबलाई शहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्नका लागि यति एयरलाइन्सले प्रायोजन नविकरण सहित सम्झौता गरेको हो । क्लबलाई एयरलाइन्सले प्रायोजन गरेको यो तेस्रो बर्ष हो ।
सोमबार आयोजित कार्यक्रमबीच हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा र यति एयरलाइन्सका सेल्स एन्ड मार्केटिङ डाइरेक्टर सरलसम्शेर राणाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
एक बर्षको लागि गरिएको सम्झौता अनुसार यति एयरलाइन्सले क्लबलाई २० लाख रुपैयाँ उपलब्ध गराउनेछ । क्लबले यति हिमालयन शेर्पा क्लबको नाममा फुटबल खेल्नेछ । यति एयरलाइन्सको सहयोगले क्लबको फुटबल स्तर सुधार गर्न सहयोग मिलेको क्लबका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष समेत रहेका कर्माछिरिङ शेर्पाले बताए ।
गतबर्षको लिगमा सातौं स्थानमा रहेको क्लबले यसपटक शीर्ष चारमा रहने दावी गरेको छ । हिमालयन शेर्पाले मंगलबार नेपाल पुलिस क्लबसँग खेल्दै लिगको सुरुवात गर्नेछ । क्लबको यसबर्षको बजेट ८० देखि ९० लाख रुपैयाँ रहेको बताईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तयारीका लागि कांग्रेसले माग्यो सभामुखसँग समय
-
तीन जिल्लाका सीडीओ फेरिए, बाँकेमा खगेन्द्र रिजाल
-
सहकारी प्रकरण : यी हुन् छानबिन समिति बनाउनबारे सत्ता र प्रतिपक्षले नमानेको सहमतिका 'ड्राफ्ट'
-
आईपीएलमा आज : लखनउसँग बदला लिने धुनमा मुम्बई
-
कांग्रेस सांसदले किन आफ्नै सांसदको सारी तानिन् ?
-
संसद् बैठक सुरु भएन, सभामुख र प्रमुख सचेतकबिच छलफल जारी