हिमालयन शेर्पालाई यति एयरलाइन्सको साथ
काठमाडौं । ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पालाई यति एयरलाइन्सले प्रायोजन सहयोग गरेको छ । क्लबलाई शहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्नका लागि यति एयरलाइन्सले प्रायोजन नविकरण सहित सम्झौता गरेको हो । क्लबलाई एयरलाइन्सले प्रायोजन गरेको यो तेस्रो बर्ष हो ।
सोमबार आयोजित कार्यक्रमबीच हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा र यति एयरलाइन्सका सेल्स एन्ड मार्केटिङ डाइरेक्टर सरलसम्शेर राणाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
एक बर्षको लागि गरिएको सम्झौता अनुसार यति एयरलाइन्सले क्लबलाई २० लाख रुपैयाँ उपलब्ध गराउनेछ । क्लबले यति हिमालयन शेर्पा क्लबको नाममा फुटबल खेल्नेछ । यति एयरलाइन्सको सहयोगले क्लबको फुटबल स्तर सुधार गर्न सहयोग मिलेको क्लबका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष समेत रहेका कर्माछिरिङ शेर्पाले बताए ।
गतबर्षको लिगमा सातौं स्थानमा रहेको क्लबले यसपटक शीर्ष चारमा रहने दावी गरेको छ । हिमालयन शेर्पाले मंगलबार नेपाल पुलिस क्लबसँग खेल्दै लिगको सुरुवात गर्नेछ । क्लबको यसबर्षको बजेट ८० देखि ९० लाख रुपैयाँ रहेको बताईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण