पाइपलाइनबाट १७ करोड लिटर डिजेल
मङ्गलबार, ०१ पुस २०७६, ०७ : १६
तीन महिनामा पेट्रोलियम पाइपलाइनबाट झन्डै १७ करोड लिटर डिजेल आयात भएको छ । गत भदौ २४ गतेदेखि पाइपलाइनबाट नियमित रुपमा डिजेल आउन थालिसकेको थियो ।
नेपाल आयल निगम अमलेखगन्ज डिपोका अनुसार तीन महिना अवधिमा १६ करोड ७१ लाख ८७ हजार लिटर डिजेल आयात भएको छ ।
अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले नियमित रुपमा पाइपलाइनबाट तेल आएकाले बजारमा आपूर्ति व्यवस्था सहज भएको बताए ।
पाइपलाइनबाट तीन महिनामा १६ करोड ७१ लाख ८७ हजार लिटर डिजेलको आयातसँगै ६ करोड रुपैयाँ बचत भएको उनको भनाई छ । यो समाचार आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडी
-
मैदानमा स्पेनको जादु, पर्दापछाडि ट्रम्प र इन्फान्टिनोको ‘दोस्ती’
-
विश्वकपका सर्वोत्कृष्ट खेलाडी बने रोड्री, जिते गोल्डेन बल
-
उनाई सिमोनले जिते 'गोल्डेन ग्लोभ'
-
आफ्नो कप्तानीमा लगातार विश्वकपको उपाधि जित्ने मेस्सीको सपना चकनाचुर
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण