भोईथले अव हेभी इक्युप्मेन्ट बेच्ने, युहिम सार्वजनिक
काठमाडौं– नेपालको ख्यातिप्राप्त व्यापारिक उद्योग भोईथअन्तर्गतको कम्पनी युनाईटेड हेभी ईक्युपमेन्टस् एयाण्ड अर्थमुभर्स अर्थात् युहिम (UHEEM) आधिकारिक रुपमा सार्वजनिक गरिएको छ ।
सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मेसिनरीहरु भित्र्याई निर्माण कार्यहरु सहज र सुलभ बनाउँदै आएको युहिमले विश्वविख्यात निर्माण कम्पनीहरु जस्तै सन्वार्ड , सिनोम्याक र नियोसेनका निर्माण उपकरणहरुः एक्सकाभेटर, ग्रेडर र ब्रेकर आयात गर्दै आएको छ ।
युहिम ले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणहरुमा जापान , जर्मनी , साउथ कोरियामा उत्पादन भएको अन्र्तराष्ट्रिय स्तरको इन्जिन र स्पेयर पार्टस्हरुको प्रयोग हुन्छ जुन ह्युण्डाई, कोमात्सु जस्ता कम्पनीहरुमा समेत हुने गर्दछ ।

नेपाली समुदायको मानसपटलमा चाईनिज उपकरणहरु कमसल हुने धारणालाई अनुचित तथा गलत साबित गर्दै अन्र्तराष्ट्रिय स्तरका उपकरणहरुको उत्पादन गर्दै सदैव ग्राहकवर्गको विश्वास जित्न तत्पर रहिआएको छ ।

क्याटरपिल्लर, कोमात्सु, कोबेल्कोजस्ता प्रतिष्ठित कम्पनीहरुको एकमात्रप्रतिस्पर्धी कम्पनी रहेको युहिमले निर्माण उपकरणहरुको गुणस्तर, प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता गर्ने गरेको छैन ।
ए क्लास, बी क्लास कन्ट्र्याक्टर, विदेशी कन्ट्र्याक्टरहरुका साथै हाईड्रोपावरहरुका लागि लक्षित गरिएका यी निर्माण उपकरणहरु धादिङ, बुटवल, कपिलवस्तु, सिन्धुली, काभ्रे, रामेछाप, सोलुखुम्बु, चितवन, हेटौँडा, संखुवासभा, ओखलढुंगा, ताप्लेजुङ, आदि साईटहरुमा सफलतापूर्वक संचालन हुँदै आएको छ ।

युहिमको धुम्बाराहीस्थित केन्द्रिय कार्यालयमा खरीदपछिको सर्भिस, पार्टस्हरु सहजताका साथ उपलब्ध गराउनुका साथसाथै ग्राहकका लागि अन्य सेवाग्राहीको व्यवस्था र भैरहवामा पनि शाखा विस्तार गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण