यूरोपमा रिट्ठाको लोकप्रियता बढ्यो
यूरोपमा रिट्ठाको माग तथा लोकप्रियता बढ्दै गएको छ । जर्मनीमा प्रशोधित रिट्ठाको मूल्य प्रतिकेजी ५ देखि १२ युरोसम्म पर्छ । यूरोपेली देशहरुमा रिट्ठाको धूलो वासिङ मेसिनका लागि उपयुक्त हुनेगरी पाउचमा उपलब्ध गराइन्छ । रिट्ठाबाट बनेको साबुन पनि यूरोपेली बजारमा लोकप्रिय हुँदै गएको छ ।
शाकाहारी समाजले यसको प्रमाणीकरण र प्रवद्र्धनको काम गर्छन् । नेपालले पनि युरोप, अमेरिकालगायत विश्वका ११ ओटा देशमा रिट्ठा निर्यात गर्दै आएको छ । नेपालको रिट्ठाको मूल्य भारतमा प्रतिकिलो ६३ रुपैयाँ रहँदा युरोपमा ३८४ रुपैयाँमा निर्यात भइरहेको छ । भारतले पनि विश्वभर प्रतिकिलो औसत २२४ रुपैयाँमा रिट्ठा निर्यात गर्दै आएको छ ।
उक्त परिस्थितीमा ‘हिमालयन रिट्ठा ब्रान्डमा नेपाली रिट्ठा व्यवस्थित रुपमा निकासी गर्ने रणनीति अंगीकार गरेमा अन्तर्राष्ट्रिय बजारमा विशेष स्थान पाउन सकिनेछ । यो समाचार आजको आर्थिक अभियानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका सर्वोत्कृष्ट खेलाडी बने रोड्री, जिते गोल्डेन बल
-
उनाई सिमोनले जिते 'गोल्डेन ग्लोभ'
-
आफ्नो कप्तानीमा लगातार विश्वकपको उपाधि जित्ने मेस्सीको सपना चकनाचुर
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण