‘बधाई आजै दिऊँ कि पछि ?’
काठमाडौँ । बधाई आजै दिऊँ कि पछि ?’ कुरा पक्कापक्की नै भएको त छैन तर आइतबार सानेपा हाइटस्थित होटल समिटको एक जमघटमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता रमेश लेखेकले यसो भन्दै जिस्काइरहँदा ‘बधाई’ पाउने पर्ने पात्रचाहिँ मुसुमुसु हाँस्दै थिए ।
पूर्वमाओवादीको असन्तुष्टिका बाबजुद संसद चलाउने परिपक्व व्यक्तिको नाममा मोटामोटी सहमति जुटेको संकेत मिल्दैछ । सभामुखको हकमा सदन चलाउने परिपक्व र अनुभवी पात्र तय गरौँ भन्नेमा लगभग कुरा मिलेको स्रोतले बतायो । एकताको सन्देश दिने गरी अन्य जिम्मेवारी दिने कुरामा पूर्वएमालेबाट प्रतिबद्धता जनाएपछि त्यस्तो वातावरण बन्न लागेको हो ।
सहमति नजिक पुगेका व्यक्ति उनै हुन्, जसले आइतबार होटल समिटमा अनौपचारिक बधाई पाएका थिए, संविधानसभाको अध्यक्षसमेत भइसकेका नेकपा संसदीय दलका दलका उपनेता सुवास नेम्वाङ । उपसभामुखमा राष्ट्रिय जनमोर्चाकी प्यूठानी सांसद तथा पुराना वामनेता मोहनविक्रम सिंहकी पत्नी दुर्गा पौडेललाई अगाडि सार्ने तयारी छ ।
यो खबर जनआस्था साप्ताहिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
विश्वकपका सर्वोत्कृष्ट खेलाडी बने रोड्री, जिते गोल्डेन बल
-
उनाई सिमोनले जिते 'गोल्डेन ग्लोभ'
-
आफ्नो कप्तानीमा लगातार विश्वकपको उपाधि जित्ने मेस्सीको सपना चकनाचुर
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण