सीके राउतलाई राष्ट्रियसभा ?
नेपाललाई विखण्डित गर्ने नियतका साथ मैदानमा देखापरेका सीके साउतलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य चयन गर्ने सोच बनाएको छ ।
कुल ५९ मध्ये दुई वर्षे कार्यकाल भएका १९ सदस्यको अवधि आगामी फागुन ३ गते पूरा हुँदै छ । रिक्त १९ स्थानका निम्ति आगामी माघमा निर्वाचन गराउने कार्यक्रम निर्वाचन आयोगले तय गरिसकेको छ ।
१९ मध्ये २ नम्बर प्रदेशबाट राष्ट्रियसभामा पु¥याइने ४ जनाका लागि नेकपाले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी या राजपासँग गठबन्धन बनाएमा कम्तीमा दुई जना सदस्य नेकपाले तोकेको व्यक्ति हुनेछन् । राजपा र समाजवादीबीच गठबन्धनको सम्भावना नरहेकाले पनि नेकपाको दुई मधेसकेन्द्रित समूहमध्ये एउटासँग चुनावी तालमेल हुने स्थिती बनेको छ ।
२ नम्बर प्रदेशमा नेकपासँग मतको भार ३०१०, राजपासँग २२०० र समाजवादीसँग २४०० रहेको छ । यी तीनमध्ये दुई एकातिर हुनेवित्तीकै एकीकृत पक्षले चारमा चारै स्थानमा जित्ने स्थिती छ ।
दुई–दुई स्थान लिने गरी भागबन्डा भएपनि नेकपाले एक स्थानचाहिँ सीके राउतलाई दिने संकेत देखिएको छ ।
पश्चिमी इच्छा र योजनाअनुरुप नेपालमा क्रियाशील सीके राउत र नेकपाबीचको गठबन्धन निकै रहस्यमयी मानिन्छ ।
यो समाचार आजको घटना र विचार साप्ताहिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका सर्वोत्कृष्ट खेलाडी बने रोड्री, जिते गोल्डेन बल
-
उनाई सिमोनले जिते 'गोल्डेन ग्लोभ'
-
आफ्नो कप्तानीमा लगातार विश्वकपको उपाधि जित्ने मेस्सीको सपना चकनाचुर
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण