नक्कली कागजात बनाएर अर्कैले ट्रायल दिने गरेको खुलासा, २ जना पक्राउ
काठमाडौँ । नक्कली कागजात बनाइ फरक व्यक्तिहरुले सवारी चालक अनुमतिपत्रको ट्रायल दिने गरेको खुलासा भएको छ । ट्राफिक प्रहरी महाशाखाको टोलीले यस्तो कार्यमा संलग्न २ जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका गुर्जुधारामा रहेको भेइकल एकेडेमी एण्ड रिसर्च सेण्टरबाट कालिकोटको खाडाचक्र घर भइ अहिले चावहिल बस्ने वीरेन्द्र मल्ल र कालिकोटकै महावै घर भई हाल सुकेधारा बस्ने दिपक शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट दुई थान ल्यापटप, एक थान प्रिन्टर र जिल्ला प्रशासन कार्यालय लेखिएको नेपाली नागरिकताको नक्कली कार्ड ११ थान बरामद गरिएको छ ।
त्यसैगरि नक्कली नागरिकता बनाउन प्रयोग गरिने क्रिम पेपर ६ थान, विभिन्न व्यक्तिहरुको नागरिकता प्रमाणपत्र नम्बर र नाम प्रयोग गरी बनाइएका नक्कली नागरिकता ७ थान र जिल्ला प्रशासन कार्यालय बाँके उल्लेख भएको छाप एक थान पनि बरामद गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले बताए ।
त्यसैगरी यातायात व्यवस्था कार्यालयबाट ट्रायल परीक्षाको लागि जारी गरिने विभिन्न नाम, थर र ठेगाना भएका व्यक्तिहरको एप्लीकेन्ट आइडीको फोटोकपी ३० थान, शाखा अधिकृत भएको छाप १ थान, क्याम्लिन लेखिएको स्टाम्प प्याड २ थान, रातो लेख्ने कलम १, फोटो टाँस्न प्रयोग हुने गम २ थान र कैची १ थान समेत बरामद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण