पौडेल पक्ष बोहोराटारमा अल्मलिँदा काँग्रेस बैठक स्थगित
काठमाडौँ । बिहीबारदेखि जारी काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार पनि फेरि बस्दै नबसी स्थगित भएको छ । बरिष्ठ नेता पौडेल पक्षका नेताहरु उनको निवास बोहोराटारबाट सानेपा नगएपछि बैठक स्थगित भएको हो । यसअघि सोमबार पनि पौडेल पक्ष उपस्थित नभएपछि काँगे्रस बैठक स्थगित भएको थियो ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शार्माले पूर्ण सहमतिको खोजिका लागि आजको बैठक स्थगित गरिएका रातोपाटीलाई जानकारी दिए । उनका अनुसार आगामी बैठक पुस ४ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
पूर्वमहामन्त्री कृष्ण सिटौलासहित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा.रामशरण महत, डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, कल्याण गुरुङ र हृदयराम थानीलगायतका नेताहरु बोहोराटारमा आन्तरिक छलफलमा व्यस्त छन् ।
अधिकारीका अनुसार १२ बजेदेखि छलफलमा जुटेका पौडेल पक्षका नेताको बैठक ३ बजेसम्म सकिएको छैन ।देउवा पक्षले सहमति नभएका विषयमा पार्टी कार्यालय सानेपामा छलफलका लागि पौडल पक्षलाई बोलाइएको थियो । उनीहरु बोहोराटारमै अल्मलिएपछि देउवाले आजको बैठक शुक्रबारलाई सारेका छन् ।
यो पनि....
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
