नेकपा र राजपाबीचको सहमतिलगत्तै बाबुरामको प्रतिक्रियाः यो तालमेललाई दीर्घकालीन रणनीतिसँग जोडेर धेरै आशंका गर्नुहुन्न्
काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बुधबार भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी बीचको दुई बुँदे सहमतिले दिर्घकालीन असर नपार्ने दाबी गरेका छन् । दुई पार्टीबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति भएलगत्तै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष भट्टराईले सो प्रतिक्रिया दिएका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले भनेका छन्, राष्ट्रियसभाको निर्वाचनमा तालमेल भनेको विशुद्द कार्यनीतिक र तत्कलिक मुद्दा हो । यसलाई दीर्घकालीन रणनीतिसँग जोडेर धेरै आशंका गर्नु उपयुक्त हुन्न ।’ भट्टराईले संविधान संशोधन जस्ता रणनीतिक मुद्दा मिल्ने शक्तिहरु एकताबद्ध हुुनुपर्नेमा जोड दिँदै भनेका छन्,‘ संविधान संशोधनजस्ता रणनीतिक मुद्दा मिल्ने शक्तिहरु एकताबद्ध हुनैपर्छ । नत्र दुईवटा बिरालाको झगडामा बाँदरले रोटी खाइदिएजस्तो हुनसक्छ ।’
नेकपा र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको दुई बुँदे सहमतिले समाजवादी पार्टीलाई ठूलो धक्का लागेको छ । राष्ट्रिय सभामा रिक्त हुने चार सीटमा समाजवादी पार्टीले नेकपासँग तालमेल गर्ने तयारी गरिरहेको थियो । त्यसका लागि समाजवादीका अध्यक्षद्वय भट्टराई र उपेन्द्र यादवले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एकचरण कुराकानी पनि गरिसकेका थिए । तर एक्कासि ती दुई दलबीच सहमति भएपछि समाजवादी पार्टीलाई धक्का लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण