मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
काठमाडौँ । राजधानीबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चोरीको घटना बढेसँगै प्रहरीले पनि बिशेष अप्रेसन सञ्चालन गर्दै आइरहेको छ ।
सोही क्रममा महानगरीय प्रहरी वृत कीर्तिपुरले चोरीका ९ वटा मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको हो । बजाजको २२० सिसि पल्सर मोटरसाइकल चोरी गर्ने ११ जनासहित ९ मोटरसाइकल बरामद भएको कीर्तिपुरका प्रहरी प्रमुख छेदीलाल कामतीले बताए ।
कामतीका अनुसार पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–२ मैत्रिनगर बस्ने २४ वर्षीय मदन तामाङ, चितवनको भरतपुर महानगरपालिकाका २५ वर्षीय सोम सुनार, मकवानपुरको बाग्मती गाउँपालिकाका २२ वर्षीय सन्देश गोले रहेका छन् ।
त्यसैगरी पक्राउ पर्नेमा नवलपरासीका २८ वर्षीय भरत थापा र चन्द्रागिरीका २२ वर्षीय रिक्जेन मोक्तान, काभ्रेका २५ वर्षीय इन्द्रबहादुर तामाङ, सिन्धुलीका २४ वर्षीय विक्रम भुजेल, काभ्रका २९ वर्षीय गणेश लामा, चितवनका २० वर्षीय सन्दीप गुरुङ रहेका छन् ।
उनीहरुले नागार्जुन नगरपालिका–४ बाफलबाट बा८४प ११४२ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल गत मंसिर १२ गते चोरी गरेको खुल्न आएको कीर्तिपुर वृत्तका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए ।
केसीका अनुसार चोरी गरेका बा६७प ६३७१ नम्बरको २२० सिसीको मोटरसाइकल, बा७५प १७९४ नम्बरको २२० सिसीकै पल्सर, बा९४प ३६४५ नम्बरको पल्सर, बा४३प ८०७४ र बा६६प २३३८ नम्बरको मोटरसाइकल बरामद गरिएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण