पेस्तोल गायव प्रकरणः प्रहरी जवानका प्रेमी पक्राउ
बिहीबार, ०३ पुस २०७६, १८ : ५५
काठमाडौँ । विवादका क्रममा प्रहरी जवान समेत रहेकी प्रेमिका रनिता केवटको पेस्तोल लिएर फरार रहेका प्रेमीलाई प्रहरीले पक्राउ परेका छन् ।
बिहीबार जनकपुरको रामपुरबाट प्रहरी जवान केवटका प्रेमी शिवेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
केवट उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेको पीएसओ हुन् । आपसी विवादका क्रममा केही दिन पहिले यादवले केवटको पेस्तोल लिएर फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले यादवलाई एक थान चाइनिज पेस्तोल, ७ राउण्ड गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।
प्रहरीले केवटलाई भने यसअघि नै नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण