काँग्रेस केन्द्रीय समिति बैठक फेरि पनि स्थगित
काठमाडौँ । काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस १० गतेसम्मलाई स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु उनको निवास बोहोराटारबाट सानेपातिर नलागेपछि आजको बैठक पनि स्थगित भएको हो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शार्माले विवाद समाधानउन्मुख देखिएकाले आजको बैठक स्थगित गरिएका जानकारी दिए ।
उनका अनुसार आगामी बैठक पुस १० गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका नआएको भन्दै बैठक बहिष्कार गर्दै आएको थियो ।
कार्यतालिका ल्याउन सभापति शेरबहादुर देउवा सहमत भएपछि विभागदेखि भातृ संस्थामा आफूले माग गरेबमोजिमको स्थान नपाए बैठकमा अनुपस्थित रहने पौडल पक्षको अडानपछि आजको बैठक पनि स्थगित हुने पुगेको छ ।
विभाग गठन र तरुण दलमा सहमति नजिक पुगिएको भनिए पनि नेविसंघभित्रको शक्ति सन्तुलनले विवाद टुंगोमा पुग्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण