काँग्रेस केन्द्रीय समिति बैठक फेरि पनि स्थगित
काठमाडौँ । काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस १० गतेसम्मलाई स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु उनको निवास बोहोराटारबाट सानेपातिर नलागेपछि आजको बैठक पनि स्थगित भएको हो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शार्माले विवाद समाधानउन्मुख देखिएकाले आजको बैठक स्थगित गरिएका जानकारी दिए ।
उनका अनुसार आगामी बैठक पुस १० गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका नआएको भन्दै बैठक बहिष्कार गर्दै आएको थियो ।
कार्यतालिका ल्याउन सभापति शेरबहादुर देउवा सहमत भएपछि विभागदेखि भातृ संस्थामा आफूले माग गरेबमोजिमको स्थान नपाए बैठकमा अनुपस्थित रहने पौडल पक्षको अडानपछि आजको बैठक पनि स्थगित हुने पुगेको छ ।
विभाग गठन र तरुण दलमा सहमति नजिक पुगिएको भनिए पनि नेविसंघभित्रको शक्ति सन्तुलनले विवाद टुंगोमा पुग्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा