नागरिकलाई सुरक्षाको प्रत्याभूति जरुरी : मन्त्री भुसाल
रुपन्देही । कृषि तथा पशुपक्षीमन्त्री घनश्याम भुसालले बाँच्न पाउने नागरिकको अधिकार रक्षाका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
रुपन्देहीको देवदहमा शहीद दुर्गा वसन्त स्मृति प्रतिष्ठानले आज आयोजना गरेको स्मृति सभामा उनले हत्याहिंसा रोक्न नसक्नु सरकारको कमजोरी भएकाले अबका दिनमा जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रदेशसभा सदस्यहरु भोजप्रसाद श्रेष्ठ, डा कृष्ण न्यौपाने, देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री, ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट, प्रतिष्ठानका अध्यक्ष सिद्धिचरण भट्टराई, युवा सङ्घका केन्द्रीय सदस्य सरिता श्रीष लगायतले नागरिकको जीवन रक्षा सरकारको जिम्मेवारी भएको बताए ।
तत्कालीन नेकपा एमाले निकट युवा सङ्घ रुपन्देहीका अध्यक्ष रहेको दुर्गा तिवारीको तीन वर्षअघि देवदहमा गोली हानेर हत्या गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण