बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

दुई वटा विज्ञानको डिग्री भएकी बायोकेमिस्ट बनिन् मिस यूएसए २०२० को विजेता, स्टेजमा देखाएकी थिइन् रसायनशास्त्रको प्रयोग

शनिबार, ०५ पुस २०७६, १३ : ३२
शनिबार, ०५ पुस २०७६

एजेन्सी । अमेरिकाको भर्जिनिया निवासी बायोकेमिस्ट क्यामिला श्रीयरले ‘मिस अमेरिका २०२०’को ताज पहिरिएकी छिन् । 

श्रीयरले प्रतियोगितामा सहभागी करिब ५० प्रतिस्पर्धीलाई हराएर उक्त प्रतियोगिता जितेकी हुन् । 

मिस अमेरिकाको अन्तिम चुनौतीमा प्रतियोगीले तिनको लुकेको प्रतिभा देखाउनुपर्ने थियो । ल्याब कोट पहिरिएर स्टेजमा गएकी २४ वर्षकी श्रियरले निर्णायकहरुलाई रसायनशास्त्रको प्रयोग गरेर देखाइन् । 

श्रीयरसँग विज्ञानका दुई डिग्रीहरु छन् । उनी अहिले भर्जिनियाँ कमनवेल्थ यूनिभर्सिटीमा फार्मेसीबाट पीएचडी गरिरहेकी छिन् । 

प्रतियोगिताको दौरान जब निर्णायकको प्यानलले मिस अमेरिकाबारे गरेको प्रश्नमा उनले ‘मिस अमेरिका शिक्षा दिने खालको हुनुपर्ने’ बताएकी थिइन् ।

अब प्रतियोगिता विजयी श्रियरलाई ५० हजार डलर प्राप्त हुनेछ । मिस अमेरिकाकी विजयीको रुपमा उनले यो रकम एक औषधोपचार सुरक्षा कार्यक्रममा गर्नेछिन् । 

दुई वर्ष पहिले बदलिएको थियो मिस अमेरिकाको फर्मेट

आयोगकहरुले मिस अमेरिका प्रतियोगिताको फर्मेटलाई सन् २०१८ मा बदलेका थिए । 

परिवर्तनपछि प्रतियोगिताबबाट स्विमसूटको सम्पूर्ण हिस्सा हटाइयो र बाहिरी रुपरंगलाई अंक दिने आधार नमान्ने गरिएको थियो । 

त्यसको साटो प्रतिस्पर्धामा महिलाहरुलाई तिनको प्रतिभा र रुचि देखाउने मौका दिन थालियाो । 

सन् २०१८ मा मिस अमेरिकाको विजेता ग्रेचेन कार्लसनले सुधारको घोषणा गर्दै ‘हामी प्रतियोगीलाई तिनको बाहिरी शारिरिक हुलियाको आधारमा मुल्याकंन गर्दैनौं। 

आयोजकका अनुसार उल्लेखित परिवर्तनपछि मिस अमेरिकामा सहभागी हुने महिलाको संख्यामा उलेख्य वृद्धि देखिएको छ । 

केही दिन अघि एक संचारमाध्यममा दिएको अन्तरवार्तामा पनि क्यामिला आफैले पनि शैली परिवर्तनपछि प्रतियोगिताको स्वरुप पूर्ण नयाँ भएको बताएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप