पर्वतमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्युु, २ घाइते
पोखरा । पर्वतमा ट्याक्टरको ब्रेक फेल हुँदा २ जनाको मृत्यु भएको छ । बिजुलीको पोल बोकेर ठाना जाँदै गरेको ट्याक्टर मोदी गाउँपालिका ६ ठानामा पल्टिएको थियो । ट्याक्टरमा सवार ५ मध्ये पर्वत जिल्ला मोदी गाउँपालिका २ गौंडा निवासी १८ वर्षीय सहचालक दीपेन्द्र नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरका चालक बागलुङका ३७ वर्षिय प्रकाश नेपालीको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ । यस्तै ट्याक्टरमै सवार बागलुङका २९ वर्षिय कामदार तेजेन्द्र थापाको अवस्था मध्यम रहेको र अन्य २ जना भने सकुशल अवस्थामै रहेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार पर्वतको मोदी गाउँपालिका २ पाटीचौरबाट बिजुलीको पोल लिएर गिज्याङ जाँदै गरेको ट्याक्टर मोदी गाउँपालिका ६ ठानामा ब्रेक फेल भएर पल्टिएको हो । ब्रेक फेल भएर ट्याक्टर अन्दाजी ३ सय मिटर तल खसेको थियो । दुर्घटना हुने ट्याक्टर ना ७ त ३६६८ नम्बरको रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण